जथाभावि फोहोर नफालौँ, नगर स्वच्छ, सफा र सुन्दर राखौँ ।, नगरपालिकालाई बुझाउनु पर्ने कर दस्तुर समयमानै बुझाई जरीबाना बाट बचौँ ।, सडक अवरोध हुनेगरी निर्माण सामाग्री नराखौँ ।, ढलमा अनावश्यक फोहोर नफालौँ, ढललाई बन्द हुन नदिऊँ ।, पाल्तु कुकुरहरु सडकमा नछोडौँ, घरमा नै बाँधेर राखी रेविज विरुद्धको खोप लगाऔँ । , सडक चोकमा होडिङ्गवोर्ड, साईनवोर्ड, व्यानर राख्दा नगरपालिका सँग पूर्व स्वीकृत लिएर मात्र राखौँ । , उद्योग व्यवसाय संचालन गर्दा नगरपालिकाबाट सिफारिस लिएर मात्र संचालन गरौँ । , व्यवसाय संचालन भएपछि नगरपालिकामा आफ्नो व्यवसाय दर्ता गरि प्रमाण पत्र लिऔँ । , अखाद्य, मिसावटयूक्त खाद्य सामाग्रीहरुको विक्री वितरण तथा प्रयोग नगरौँ । , जन्म, मृत्यू, बसाईसराई, विवाह, सम्बन्धविच्छेद जस्ता घटना घटेको ३५ दिन भित्रै दर्ता गरि जरिवाना बाट बचौँ । , छतको पानि सडकमा सोझै नझारौँ ।, सडक अधिकार क्षेत्रको लागि घर अगाडि छोडिएको भागमा सेफ्टीट्याङ्की लगाएत कुनै पनि संरचना निर्माण नगरौँ ।, नगरक्षेत्र भित्र जग्गा प्लानिङ्ग गर्दा नगरपालिकाको पूर्व स्वीकृत लिऔँ । , घरनक्शा पास गरि ईजाजन पत्र लिएर मात्र निर्माण कार्य गरौँ । , नगरपालिका क्षेत्रबाट निकृष्ट बालश्रम उन्मूलन कार्यमा सहयोग गरौँ । , लालबन्दी नगरपालिका क्षेत्रलाई खुला दिशा मुक्त बनाउने अभियानलाई सार्थकता दिन सहयोग पुर्याऔँ । , सुख्खा मौसममा आगलागिको डर बढी हुने भएकोले आगोजन्य सामग्रीको प्रयोगमा सावधानि अपनाऔँ ।

नयाँ सूचना तथा जानकारी

लालबन्दी नगरपालिकाको संक्षिप्त परिचय

लालबन्दी नगरपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठीत गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको २ नं. प्रदेश अन्तर्गतको सर्लाही जिल्लामा पर्ने एक स्थानीय तह हो । नेपालमै गोलभेडा (टमाटर)उत्पादन र निर्यातका लागि देशव्यापी रुपमा ख्यातिप्राप्त यस नगरपालिका साविककाे लालबन्दी नगरपालिका (साविक गा‍.वि.स. लालबन्दी, पत्थरकोट र जब्दी), र  नेत्रग‌ंज, रानिगंज, परवानिपुर तथा नारायणखाेला गा.वि.स. समायोजन भई निर्माण भएको हो ।

लालबन्दी नगरपालिकाको दोश्रो नगरसभा शुभारम्भ मिति २०७५।०३।१० मा प्रस्तुत नीति तथा कार्यक्रम र संक्षिप्त बजेट विवरण